Section 24
बाधा विरोध गर्नेलाई सजाय हुने
यस ऐन अन्तर्गतको अनुसन्धान र तहकीकात सम्बन्धी काम कारवाईमा कसैले बाधा विरोध गरेमा निजलाई आयोगको प्रतिवेदनको आधारमा सम्बन्धित अदालतले पाच हजार रूपैयासम्म जरीबाना वा छ महिनासम्म कैद वा दुबै सजाय गर्न सक्नेछ ।